Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गौहत्या अभियोगमा एक पक्राउ, नौ फरार


    सोमबार, भाद्र २२ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • त्रिशूली ।  नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी–३ को टुटुङमा गाई काटेको सूचनाको आधारमा पुगेको प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तादी–१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई पक्राउ गरेको हो ।

    अन्य नौ जना फरार भएकाले खोजी भइरहेको छ । उनीहरुले गाई काटेर मासु भाग लगाउने तयारी गरिरहेको समयमा प्रहरी घटनास्थलमा पुगेको थियो । पाल्नका लागि भनेर खरिद गरेर ल्याएको गाई बाटोमै काटेको प्रहरीले जनाएको छ । गाई काट्न प्रयोग भएको घरेलु हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ । पक्राउ परेकालाई फौजदारी संहिता, २०७४ को परिच्छेद २७ मा उल्लेख भएबमोजिम र ‘पशुपक्षी सम्बन्धी कसूर’ अनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार