Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बस दुर्घटना, एकको मृत्यु 


    शुक्रबार, चैत्र १४ २०७६
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, १४ चैत । बस  दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो । 

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

    दुर्घटनामा परी शारदा  ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ  । 

    घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा  बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ   । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार