Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुसा भेटिएको बुद्ध एयरको जहाज काठमाडौं आयो


    आइतबार, जेष्ठ ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। जनकपुरबाट काठमाडौँ उड्नै लाग्दा बुद्ध एयरको जहाज भित्रै मुसा देखिएपछि रोकिएको जहाज काठमाडौँ आएको छ । शनिबार जनकपुरमा रोकिएको बुद्ध एयरको जहाज (9N-AJ)आइतबार दिउँसो काठमाडौँ ल्याइएको हो ।

    आजै बिहान ट्रयापमा ‘मुसा’ भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँचगरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ ।

    आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले जहाजलाई काठमाडौं ल्याएको हो । जहाजलाई थप निरीक्षणरी आजै पुनः व्यवसायिक उडान थालिने बुद्ध एयरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार