काठमाडौं। आज साताको पहिलो कारोबा दिन आइतबार सेयर बजार उकालो लागेको छ। आज नेप्से परिसूचक ५.८८ प्रतिशतले बढेर १८८३.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।
आज २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर १ अर्ब४ ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँमा खरिदबिक्री भयो। ३४ हजार ३३१ पटक कारोबार भयो।
यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तीय वित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड १७ लाख ६५ हजार मूल्य बराबरको सेयर कारोबार भयो।
राष्ट्रिय विमा कम्पनीको ५ करोड २८ लाख र तारागाउँ रिजेन्सी होटलको ४ करोड बढि रुपैयाँको सेयर कारोबार भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। डेभलपमेन्ट बैंक,फाइनान्स,हाइड्रोपावर र मनु एन्ड प्रोको सेयर मूल्य घट्दा बाँकी उपसमूहको सूचक बढेको हो।
९३ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको मूल्य ओरालो लागेको हो। बाँकी १३ को मूल्य स्थिर रह्यो।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend