सल्यान। गुडिरहेको डबल क्याप बोलेरो जिपबाट खस्दा सल्यानमा एक महिला सख्त घाइते भएकी छन् । त्रिवेणी गाउँपालिका १ काभ्रा बजारबाट नयाँ गाउँ जाँदै गरेको भे १ च १५५९ नम्बरको डबल क्याप बोलेरो जिपबाट शनिबार दिउँसो ११:३० बजे खस्दा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर निवासी ४० वर्षीया डिल्ली कामी गम्भीर घाइते भएकी हुन् ।
गुडिरहेको जिपको ढोका अकस्मात खुल्दा सोही जिपमा सवार कामी खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । गम्भीर घाइते भएकी कामीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि राप्ति उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको उनले जानकारी दिए ।
उनका अनुसार महिला अहिले पनि बेहोस अवस्थामा रहेकी छिन् ।
अहिले जिप चालक कालिमाटी गाउँपालिका १ का २६ वर्षीय पप्पु डाँगी सख्त घाइते भएकी महिलाको साथमा रहेका घाइते महिलालाई उनले नै अस्पताल लगे पनि घटनाको थप अनुसन्धान भरहेको उनको भनाइ छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend