Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • अन्ततः ठेक्का लिएर मल नल्याउने कम्पनीमाथि कारवाही, दुवै कम्पनीको धरौटी जफत


    आइतबार, भाद्र २१ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सम्झौता बमोजिम युरिया मल आयात नगर्ने २ कम्पनीमाथि कारबाहीको निर्णय भएको छ । साेही निर्णयानुसार तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ ।

    शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

    गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो । यी दुई कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ । 

     यो निर्णयसँगै दुवै कम्पनीले राखेको पाँच-पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ । साथै, थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको छ । ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

    दुबै सप्लायर्सले मल आयातका लागि १२ मेमा नेपाल इन्भेस्टमेन्ट बैंक र सिद्धार्थ बैंकमा प्रतिकपत्र खोलेका थिए । प्रतितपत्र खोलेको मितिले पहिलो शिपमेन्ट ४२ दिन र दोस्रो सिपमेन्ट ७२ दिनभित्र गरी सम्पूर्ण सामान भदौ ७ भित्रै शिपमेन्ट भैसक्नु पर्ने थियो । तर  समयमा सामान नल्याएपछि  पुनः २५ दिन म्याद थप गरिएकोमा सो मितिमा पनि शिपमेन्ट नभएको केन्द्रले जनाएको छ । 

    nnn.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार