Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धनुषामा भदौ २८ गतेसम्म निषेधाज्ञा थपियो


    आइतबार, भाद्र २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थपेको छ ।

    आइतबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरी कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिरहेकोले निषेधाज्ञाको समयावधि भदौ २८ गते राति १२ बजेसम्मका लागि थप गरिएको बताए ।

    यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार राति १२ बज सकिँदै थियो ।धनुषामा आइतबारसम्ममा १ हजार ७ सय ३७ जना संक्रमित भइसकेका छन् भने एक भारतीय सहित १३ जनाको मृत्यु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार