Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुममा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना भने घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका– १४ का १८ बर्षका हेमराज ओली रहेका प्रहरीले जनाएको छ ।

    रा १ त ३७९० नम्वरको ट्याक्टर बिहिवार बेलुका सानीभेरी गाउँपालिका–९ को खारखोलामा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।

    दुर्घटनामा मुसिकोट नगरपालिका–१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका–११ का शेरबहादुर विक घाइत भएका छन् । घाइते मध्ये खड्काको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ भने विकलाई नेपालगञ्ज लगिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार