काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा २ सय ९० महिला र ६ सय ९० पुरुष गरेर ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय १४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ। यो कुल संक्रमितको ६३ प्रतिशत हो।
नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। पछिलो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।अहिले संस्थागत आइसोलेशनमा ६ हजार २ सय १ रहेका छन्।
२४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ।