Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतार एयर युरोपियन यात्रु लिन काठमाडौँ आउँदै 


    शुक्रबार, चैत्र १४ २०७६
    720
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, १४, चैत । आज बिहान सवा १० बजे कतार एअरवेजको विमान काठमाडौं आउने भएको छ । नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिनका लागि उक्त विमान काठमाडौँ आउन लागेको हो । 

     जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् । सो विमानमा युरोपका अन्य नागरिकलाई पनि लैजान लागिएको नागरिक उड्डयन स्रोतले जानकारी दिएको छ ।

    दुई दूतावासको पहलमा युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइने छैन । यताबाट यहाँ फसेका यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ ।

    सवा १० बजे काठमाडौँ आइपुग्ने विमान यताबाट ११ः३० मा दोहातर्फ उडान भर्नेछ ।

    नेपालका विभिन्न भूभागमा फसेका यात्रुलाई उद्धार गर्नका लागि बुधबार इअर डाइनेष्टीको विमान पनि विभिन्न स्थानमा उडेको थियो ।

    त्यसैगरी शुक्रबार बिहानमात्रै तारा एअरको विमान पनि लुक्लामा रहेका विदेशी यात्रुहरुलाई लिन उडेको थियो ।

    लुक्लाबाट लिएर आएका यात्रु पनि कतार एअरको उक्त विमानमै उड्ने बताइएको छ ।

    कतारबाट पुनः अर्को चार्टड फ्लाइट गरेर, जर्मन, फ्रान्स लगायतका देशमा ती यात्रुहरुलाई पुराइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार