Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाका सिल गरेर मच्छिन्द्रनाथको रथ तानिदै


    आइतबार, भाद्र २१ २०७७
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गत बिहीबार विवाद भएपछि रोकिएको मच्छिन्द्रनाथको रथ अहिले तानिदै छ। कडा सुरक्षा घेराका बीच लर थानिन लागेको हो। प्रहरीले रथ तान्नु अघि नै ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरिएको छ। 

    ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ दिउँसो ३ बजे तानिने बताइएको भए पनि केही ढिला भएको छ। 

    यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आइतबार ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो। 

     बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गरिएको थियो। 

    रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। 

    विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार