Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रजिअ दाहालले भने- सेना परिचालन नहुँदा दैनिक दुई हजार मानिस भित्रिए


    आइतबार, भाद्र २१ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाको नाकामा सेना परिचालन नहुँदा दैनिक दुई हजार मानिस भित्रिने गरेकाे प्रशासनले नै खुलासा गरेकाे छ। काठमाडौंका प्रजिअ जनकराज दाहालले उपत्यकाको सीमानाकामा सेना परिचालन गर्न दिएको सुझाब सुनुवाइ नहुँदा यस्ताे अवस्था आएकाे बताए।

    आइतबार शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा उनले यस्ताे बताएका हुन्। उनले भने, ‘जतिसुकै कडाइ गरे पनि दैनिक लगभग काठमाडौं उपत्यकामा दुई हजार मानिस भित्रिने गरेको छन्।’

    नाकामा सेनालाई परिचालन गर्नुपर्ने उनले सुझाब दिए । प्रहरीले मात्रै सबै कुरा नियन्त्रण गर्न गाह्रो हुने भएकाले नाकामा सेना परिचालन गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि सिसिएमसीलाई आफूहरूले सुझाब दिए पनि कार्यान्वयन नभएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार