प्रेस विज्ञप्ति
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान श्री पारस खड्का फिनिक्स कलेज अफ
म्यानेजमेन्टमा एम. वि. ए. अध्ययन गर्दै
काठमाडौं, भदौ २०
नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत ९ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको
फिनिक्स कलेज अफ म्यानेजमेन्ट, थापागाउँ, नयाँ वानेश्वर, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व
कप्तान तथा विख्यात क्रिकेट खेलाडी श्री पारस खड्कालाई आगामी दुई वर्षका लागि एम.बी.ए. कार्यक्रममा
एम्बासडरको रुपमा नियुक्त गरेको छ । उहाँ यही कलेजअन्तर्गत संचालित एम.बी.ए. कार्यक्रममा यसै सेप्टेम्बर
सत्र देखी अध्ययन पनि गरिरहनुभएको छ । फोनिक्स कलेज अफ म्यानेजमेन्ट का प्राचार्य, डा.विनोद वहादुर
खत्रीका अनुसार पारस खड्का नेपाली राष्ट्रिय टिमको विख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी
पनि रहनुहुनेछ । उहाँ भन्नुहुन्छ, पारस खड्काको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययन प्रतिको
लगावले के प्रष्ट्याउँछ भने फिनिक्स कलेज अफ म्यानेजमेन्ट राष्ट्रिय नायकहरु तथा मेधावी विद्यार्थीको
पहिलो रोजाइँमा परेको कलेज हो । शनिबार भाद्र २० गतेकलेजका डाइरेक्टर, श्री लक्ष्मण पोख्रेलले उहाँ
कलेजको एम.बी.ए. कार्यक्रममा ब्रान्ड एम्बासेडर भएको घोषणा गरी २ बर्षकोलागी अनुवन्धन गरिएको
जानकारी गर्नुभयो । स्नातक स्तर सम्मको शिक्षा हासिल गरीसकेका नेपाली क्रिकेटका महारथी पूर्व कप्तान
भन्नुहुन्छ खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ, विशेष गरी खेलको क्यारियर पछि
उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ ।
सोही कुरालाई मनन गर्दै एम.बी.ए. अध्ययन फिनिक्स कलेज अफ म्यानेजमेन्टमा सुरुवात गरेकोजानकारी
खड्काले गराउनुभयो। फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी
एम.बी.ए. तथा वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।