बेइजिङ । चीनमा बनाइएको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षओ अहिले तेस्रो चरणमा पुगेको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भैरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूहले विकास गरेको हो ।
कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ ।
चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तेस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एएनआई