Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • तेक्वान्दो डोजाङ प्रमुखहरुको कोरोना बीमा


    आइतबार, भाद्र २१ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरुको कोरोना बीमा गरेको छ ।

    जम्मा १ सय ३ जनाको कोरोना बीमा गरिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । बीमा सेप्टेम्बर १५ देखि लागू भइ १ वर्षसम्म कायम रहने छ । सबैको जनही ५० हजारका दरले बिमा गरिएको अध्यक्ष खड्काले जानकारी गराए । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको हो ।

    बीमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघले आफैंले व्यवस्थापन गरेको हो । बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ, लन्डनका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार