झापा । झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा रहेका कारण आइसोलेशनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार संक्रमित हुनेमा चिकित्सक, नर्स र बिरामी पनि छन् ।
पछिल्लो समय उच्च शतर्कता अपनाए पनि स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिने क्रम जारी छ ।