Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु


    आइतबार, भाद्र २१ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

    झापाको कन्काई-३ की ३९ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

    आइतबार बिहान पौने ११ बजेतिर उनको मृत्यु भएको हो। मेची अस्पतालबाट रिफर भएइर आएकी उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन्।

    सोही दिन पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। ती महिलामा२ दिनदेखि ज्वरो आएको, श्वासप्रश्वासमा कठिनाइ भएको साथै परीक्षण गर्दा निमोनिया पनि देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार