काठमाडौं । होम आइसोलेशनमा रहेका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । शनिबार साँझ ५ बजे संक्रमित पुरुषको निधन भएको हो।
काठमाडौं महानगरपालीका-१५ डल्लुस्थित विजेश्वरीका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौला रोगी उनमा भदौ १७ गते संक्रमण पुष्टि भएको थियो।
घरमै आइसोलेशनमा रहेकाका उनको मृत्यु भएको हो। मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिएको बताइएको छ ।