Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीमा २१ सय ६१ जना कोरोना संक्रमण, ९ सय ५० जना डिस्चार्ज


    आइतबार, भाद्र २१ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमित प्रहरीको संख्या तीव्र गतिमा बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म ६ सय २९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार १ सय ११ पुगेको छ । जसमध्ये १२ सय ११ जना सक्रिय संक्रमित छन् ।

    ९ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७१ र काठमाडौं उपत्यकाका ५ सय ५८ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २ सय १०, प्रदेश २ मा ७३, बागमती प्रदेशमा ६०, गण्डकीमा ८१, प्रदेश ५ मा १ सय ४, कर्णाली प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार