काठमाडौँ । नेपाल आयल निगम थानकोट डिपो नजिकैको मोडमा अति प्रज्वलनशील पदार्थ डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ ।
रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको हो ।
ना७ख ७३९ नम्बर ट्याङ्करले २० केएल डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । सो ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेका छन् ।
गाडी दुर्घटना हुदा गाडीको पाँच चेम्बर मध्ये दुई चेम्बरको ४ हजार लिटर डिजेल पोखिएको छ । नजिकै निगमको डिपो भएपनि ठूलो दुर्घटना टरेको बताइएको छ ।