Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीर अस्पतालः स्वास्थ्यकर्मी जोखिममा, निर्देशक र रेक्टर कमाउधन्दामा 


    आइतबार, भाद्र २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । देशमा दिनप्रतिदिन कोरना संक्रमितको संख्या बढिरहेको छ । संक्रमितको संख्या ५० हजार नजिक पुगेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहँदा सोही अनुपातमा स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन् । त्यही कारण स्वास्थ्यकर्मीको अभाव भैरहेको छ  । स्वास्थ्य मन्त्रालयले समायोजनमा परेका कर्मचारी जहाँ छन् त्यहीँबाट काम गर्ने भनेको छ भने साउन मसान्तमा म्याद सकिएका करार, अस्थायी, ज्यालादारी कर्मचारीलाई कार्तिकसम्म म्याद थप गरी काम काज लगाउन भनेको छ । तर वीर अस्पतालका निर्देशक र रेक्टरले भने यो कोरोना महामारीमा ज्यान जोखिममा राखेर काम गर्दैआएका अस्थायी, करार र ज्यालादारी कर्मचारीको म्याद दुई महिना मात्र थपेका छन् । उनीहरूको उद्देश्य भदौपछि यस्ता ज्यालादारी र करार कर्मचारीको म्याद थप नगरी निकाल्ने र आफूनिकटलाई जागिर खुवाउने रहेको छ । त्यही भएर ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीको २ महिनामात्र म्यादथप गरिएको छ ।

    वीर अस्पताल प्रशासन स्रोतका अनुसार निर्देशक डा. केदार सेन्चुरीले असोजपछि आफूनिकटलाई जागिर खुवाउन आफ्नो मान्छेहरुको कागजपत्रसमेत मागिसकेको एक कर्मचारी बताउँछन् । ती कर्मचारी भन्छन्–वीरका निर्देशक र रेक्टरले घुस खाएर कर्मचारी राख्न खोजेका हुन् । त्यही भएर २ महिनामात्र करार नवीकरण गरेका हुन् । यस्ता भ्रष्ट निर्देशक र रेक्टरका बिरुद्ध आन्दोलनको बिकल्प छैन ।

     स्वास्थ्यकर्मीले भदौ अन्तिम सातासम्म साउन महिनाको तलव पनि पाएका छैनन् । यस्ता पीडित कर्मचारीलाई महामारीमा खटाएर भदौ मसान्तदेखि हटाएर असोजदेखि आफूनिकटलाई राख्ने योजना निर्देशक र रेक्टरको छ । स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई, माक्स लगायत सुरक्षा सामग्री पनि दिइएको छैन । स्वास्थ्यकर्मीले आफैं किनेर लगाउनुपरेको छ तर वीर अस्पतालले सामान किनेको भनेर करोडौं रुपैयाँको बिल पेश गरेको छ ।  एउटै पन्जाले दिनभरी काम गर्नुपर्छ । जसका कारण झन् जोखिमपूर्ण अवस्था छ । यस्तै जोखिममा काम गर्नुपर्दा वीरका धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमित हुन पुगेका छन् ।

    कोभिडका बिरामी हेरिसकेपछि स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा पठाउनुपर्नेमा जबर्जस्ती इमर्जेन्सी लगायतमा ड्यूटी गर्न बाध्य पारिएको छ । भएको क्वारेन्टाइन पनि अब्यवस्थित छ । सो बिषयमा निर्देशकसँग कुरा राख्दा  सुन्दैनन् । निर्देशक सेन्चुरी  र रेकटर डा. सुबोध अधिकारी  कमाउधन्दामा मात्र लिप्त रहेको गुनासो स्वास्थ्यकर्मीको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार