भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनी संघीय संसदमा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसदसमेत हुन्।
गत भदौ ११ गते भक्तपुरका एक नेमकिपा कार्यकर्तामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। सांसद सुवाल उनको सम्पर्कमा आएकाले उनको पनि स्वाब लिइएको थियो
गत भदौ १५ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उनको स्वाब लिइ परीक्षण गरेकोमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वाब परीक्षणको रिपोर्ट शनिबार आएको हो ।
हाल उनी घरमै आइसोलेशनमा बसेका छन्। स्वाब दिएदेखि आफू होम आइसोलेशनमा बसेको उनले जानकारी दिए।