Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व कीर्तिमानी राख्दै कामीरिताले चढे २७ औं पटक सगरमाथा शिखर


    बुधबार, जेष्ठ ३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले २७ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका छन् ।

    सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘एक जना विदेशी क्लाइन्टलाई लिएर उहाँ आज बिहान सगरमाथा शिखरमा पुग्नुभएको छ,’ उनले भने ।

    यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।

    आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन् ।

    सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार