Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीका ६१ सेनाका जवानलाई कोरोना, दुई वर्षीया बालिका पनि संक्रमित


    आइतबार, भाद्र २१ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी । सुनसरीमा सेनाका ६१ जना जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका सैनिक जवानमा संक्रमण पुष्टि भएको हो । एक जवानका दुई वर्षीया छोरीमा पनि संक्रमण देखिएको छ । यस्तै इलाका प्रहरी कार्यालय धरानका दुई प्रहरी र ६ जना थुनुवामा समेत कोरोना पुष्टि भएको छ । 

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनीहरु सबैलाई कोरोना पुष्टि भएको  धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए। समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिदा समेत नियन्त्रणमा ध्यान नपुर्‍याउँदा सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबीमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ ।

    धरानमा मात्र संक्रमितको संख्या २ सय ७५ गेको छ । लकडाउनको पालना नगर्दा सर्वसाधारणहरु जथाभावी हिँडडुल गर्न थालेपछि कोरोना संक्रमण बढेको बताइन्छ ।

    स्थानीय सरकारले लगाएको लकडाउन हटाएसँगै सुनसरीका दक्षिणी क्षेत्रबाट भारतीय कामदारहरु नेपाल भित्रन थालेका छन् । ती कामदारमा कडाइ नहुँदा संक्रमण बढेको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार