Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीको स्वास्थ्यमा फड्को


    आइतबार, भाद्र २१ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सुर्खेत । कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ ।
    विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले कोरोनाकै कारण स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय विकास भएको छ । चिकित्सकको अनुहार देख्न नपाउने यस प्रदेशका दुर्गम ठाउँका बासिन्दाले अहिले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन थालेका छन् । स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएका छन् । अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर जस्ता महìवपूर्ण उपकरण थपिएका छन् । व्यक्तिगत सरसफाइमा सुधार आएको छ । आयुर्वेदिक उपचारप्रति पनि ध्यान गएको छ । यी सबैको विकास कोरोनाकै कारण भएको स्वास्थ्यसँग सम्बद्ध पदाधिकारी बताउँछन् ।

    २६ भेन्टिलेटर र ६२ आईसीयू बेड
    कोरोना महामारी सुरु हुनुभन्दा अघि कर्णाली प्रदेशमा आठवटा आईसीयू बेड र आठवटै भेन्टिलेटर थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू र तीनवटा भेन्टिलेटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनवटा आईसीयू र पाँच भेन्टिलेटर थिए । अहिले कोरोना सङ्क्रमण रोक्न यी दुई अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । हाल डोल्पा बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा थप गरिएका छन् । स्थापना भएको वर्षाैं बित्दा पनि आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न नसकेका अस्पतालले कोरोना सङ्क्रमण सुरु भएको पाँच महिनाको अवधिमा आईसीयू र भेन्टिलेटर सेवा थप गर्ने अवसर पाएका छन् ।
    अहिले कर्णाली प्रदेशमा २६ वटा भेन्टिलेटर र ६२ वटा आईसीयू बेड पु¥याइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशक रिता भण्डारी जोशीले कोरोना सङ्क्रमण रोक्न अहिले प्रदेशमा भेन्टिलेटर र आईसीयू बेड थप गरिएको बताउनुभयो । आईसीयू बेड र भेन्टिलेटर थप हुनुलाई ठूलो उपलब्धि मानिएको छ । यस्तै कर्णालीका चार स्थानमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । सुर्खेतको प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल र रुकुम चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । यो समाचार आजको गोरखापत्रमा ललित बसेलले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार