Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभाको बैठक ९ गतेका लागि आह्वान


    सोमबार, जेष्ठ १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ९ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक सूचना जारी गर्दै प्रदेशसभाको बजेट अधिवेशनको रूपमा रहेको वर्षे अधिवेशन जेठ ९ गते आज दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।

    प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार