Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागमती प्रदेशसभाको बैठक आज बस्दै


    बुधबार, असार १३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेश सभा भवन हेटौँडामा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

    प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ ।

    सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबार देखी बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण मंगलबारको बैठक सुचारु हुन सकेको थिएन । बजेटमा भेदभाव भएको भन्दै प्रतिपक्ष दलले अवरोध गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार