Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहरमा रक्तदान


    शनिबार, भाद्र २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ  ।  बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजना तथा सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा आज बाफलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष दिपक वंशलले जानकारी दिनुभयो ।

    पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । एक महिना पहिले उक्त क्लवले सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेको थियो । २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लवले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार