Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्याे


    शनिबार, भाद्र २० २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ जना पुगेको छ। 

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा थप १५६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २७ हजार १२७ उपचारपछि निको भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार