काठमाडौं । भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ । विभागबाट खटिएको टोली गत बुधबार छड्के जाँच गर्दा उल्लेख भएको भन्दा अर्कै सामान फेला परेको थियो ।
छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन गरिएको मुलुकको नामलगायत फरक परेपछि भन्सार ऐन र आर्थिक ऐनअनुसार कारबाही गर्न कार्यालयलाई निर्देशन दिएको हो ।
भन्सार कार्यालय रसुवाबाट जारी भएको प्रज्ञापन पत्रनम्बर १८८८९ र १८९१ रहेका बा २ ख १७९३ र ना ६ ख ५३७२ कन्टेनर छानबिन प्रक्रिया अगाडि बढेपछि रसुवागढी हाइड्रोपावर निर्माणका निम्ति तयार गरिएको वैकल्पिक मार्गको प्रयोग गरी पुनः यार्डमा गई ना ६ ख ८५९० नम्बर खाली कन्टेनरमा पल्टी गरिए छानबिनका क्रममा फेला परेको थियो ।
विभागको छड्के जाँच टोलीले रसुवा भन्सार कार्यालयको गेटमा रहेको सवारी साधन इन्ट्री किताब र टिमुरे प्रहरी चौकीको सवारी इन्ट्री खाता मेल नखाएको, भन्सार यार्डको सीसीटिभी फुटेज, प्रज्ञापनपत्रलगायतका निरीक्षण तथा भौतिक रूपमा फेला परेपछि मालवस्तुको निरीक्षणपश्चात कारबाही गर्न निर्देशन दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend