Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार आरोपमा एक जना पक्राउ


    शनिबार, भाद्र २० २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । एकै दिन तीन बालिकालाई बलात्मकार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

    गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । 

    उनले भने, ‘गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो ।’

    सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ । एघार र नौ वर्षको एउटै परिवारको रहेको प्रहरीले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार