Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लागुऔषधसहित दुई युवक पक्राउ


    शनिबार, भाद्र २० २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जलेश्वर । महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतबाट अवैध रुपमा लागुऔषध बोकिआएका धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ बस्ने १८ वर्षीय पारस राई र १९ वर्षीय सुजीत सदालाई प्रहरीले गए राति जलेश्वर नगरपालिका–२ स्थित सडकमा पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट प्रहरीले २२५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ भने उनीहरुमाथि लागुऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार