काठमाडौं, १३ चैत ।
सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन २०७६ फागुन १९ मै अन्तर्राष्टिय उडानमा रोक लगाउन आदेश दियो । त्यो आदेशको पालना गरेको भए आज नेपालमा दोस्रो र तेस्रो कोरोना संक्रमित भेटिने थिएनन् भन्ने त जगजाहेर बिषय हो । दोस्रो संक्रमित ब्यक्ति २०७६ चैत ४ मा कतारको दोहाबाट आएकी १९ बर्षे युवती रहेकी छन् । उनी शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आइसोलेसनमा छन् ।
तेस्रो संक्रमित चैत ६ मा दुवईबाट एयर अरबेयिाबाट आएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको छ । कतारको दोहाबाट क्यूआर ६५२ जहाजमा आएकी युवतीसँग २ सय ५ यात्रु सवार थिए । चैत ६मा धादिङका कोरोना संक्रमितसँग आएका १ सय ७० जना रहेको स्वास्थ्य मन्त्रालयले नै पुष्टी गरेको छ ।
संक्रमितसँग आएका यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्वारेन्टाइनमा नराखी घरघरमा पठाइयो । चैत ६ मा आएका संक्रमितहरु कुन होटलमा बसेका थिए, त्यो होटलदेखि सबैतिर संक्रमण भएको हुनसक्छ । अन्तर्राष्ट्रिय उडान नरोक्दा सिंगापुरबाट सिल्क एयरमा चैत ८ मा आएको विमानलाई सुरुमा तेल भर्नका लागि अवतरण गराइयो । तर विमान अवतरणपछि नेपालीहरुले होहल्ला गरेपछि उनीहरुलाई आरालेर घरघरमा पठाइयो । सिल्क एयरमा ९० नेपालीसहित विदेशी पनि थिए ।
अन्तर्राष्ट्रिय उडान नै रोक्ने र रोक्न नसकेको अवस्थामा ती विमानबाट आएका सबैलाई क्वारेन्टाइनमा राखी कोरोना जाँच गरेर पठाएको भए संक्रमणको महामारी रोक्न सकिन्थ्यो । अधिवक्ता वसन्त बस्नेत सामाजिक संजाल फेसबुकमा लेख्छन्–‘सर्वोच्च अदालतको आदेश अनुसार अन्तर्राष्ट्रिय उडान रोकेको भए नेपालमा कोरोना संक्रमण देखिंदैनथ्यो ।
भारतमा त्यति धेरै नफैलिएको अवस्थामा अन्तर्राष्ट्रिय उडान सर्वोच्च अदालतको आदेशपछि रोकिनुपथ्र्यो । तर रोकिएन, पर्यटन मन्त्रालय यसमा मुख्य जिम्मवार हो ।’
कोरोना संक्रमितसँग आएका विभिन्न जिल्लाका छन् । उनीहरु काठमाडौंमा उत्रेर आफ्नो गाउँमा गइसकेका छन् । गाउँ जाँदा बसमा, विमानमा उनीहरुबाट कति संक्रमित भए, त्यसको लेखाजोखा कसले गर्ने ?
जनकपुर उपमहानगरपालिका वडा नं २१ कुर्थाका दुई जना युवक गत चैत्त ४ गते कोरोना पोजेटिभ भेटिएकी युवतीसँग आएका थिए ।
धनुषाकै कमला नगरपालिका वडा नं. ३ पर्साका एक युवक त्यही कतार एयरवेजको ४ गतेको फ्लाइटमा आएका थिए । उनी घरमै छन्, उनलाई संक्रमण भए नभएकोबारे मेडिकल टिमको आवश्यकता भए पनि अहिलेसम्म पुगेको छैन ।
धनुषाको कमला नगरपालिका वडा नं २ तेलियाहामा एक युवक गत चैत ६ मा दुबईबाट नेपाल आएको, ज्वरो, टाउको दुखाईसहित स्वास्थ्य अवस्था खराब भए पनि धनुषा प्रशासन उनकोमा गएको छैन । कोरोना सर्ने डलरे स्थानीयले उनलाई मोटरसाईकलमा लिएर जान मानेका छैनन् । उनलाई पनि मेडिकल टिमको आवश्यकता छ ।
धनुषाको औरही गाउँपालिका वडा नं १ पुरनदहिया मा एक युवती एक साताअघि भारतबाट आएकी, ज्वरो सहित स्वास्थ्य अवस्था खराब एक सातादेखि नै छ, प्रहरीलाई जानकारी गराए पनि कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ मा एक युवक ६ दिनअघि दुबईबाट आएको, प्रशासनलाई जानकारी गराए पनि कुनै चासो दिएको छैन । उनको स्वास्थ्य अवस्था बिग्रेको छ । स्थानीय त्रसित अवस्था छन् । सोही वडाका एक अन्य युवक विदेशबाट आएर घरबाट बाहिर भागेका छन् ।
हंसपुर नगरपालिका वडा नं. ४ नरैहीया टोल ४ गते चैत्तमा आएको एयर अरेबियाको फ्लाइटमा दुबईबाट आएका हुन् । उनी घरबाट निस्कन सकेका छैनन् । स्थानीय त्रसित छन् ।
धनुषाको औरही गाउँपालिका वडा नं १ मा मंगलबार मात्र एक युवा लकडाउनमै भारतको मद्रासबाट लुकिछिपी आएको खवर छ । उनी २ दिनदेखि घरबाट निस्किएका छैनन् । प्रहरीलाई गुनासो गर्दा पनि चासो दिएको छैन ।
माथिको विवरण जनकपुरको मात्र हो, कतार र दुवईबाट आएका देशका विभिन्न जिल्लामा गएका छन् ।