Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लेनदेन निहुँमा आफ्नै साथीको हत्या


    शनिबार, भाद्र २० २०७७
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा  ।  झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ ।

    दुवैबीच लेनदेन विवाद रहेको र हत्या भएको साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । प्रहरीले अभियुक्त लिम्बूलाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ । प्रहरीले घटनास्थल वरपरबाट मृतकले चलाएको मोटरसाइकल, आइफोन, धारिलो कर्द र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार