Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटमा गिद्ध र गुँडको गणना


    शनिबार, भाद्र २० २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट ।   प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो ।

    जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ । यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार करीब एक महिना लगाएर गणना गरिएको थियो ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार