Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छ : उपेन्द्र यादव


    शुक्रबार, बैशाख २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

    सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको उल्लेख गर्दै उनले यसबाट नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको बताए ।

    अनुसन्धानमा जो दोषी देखिए पनि तिनलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै उनले भने, ‘यो घटनाको निष्पक्ष छानबिन पूरा हुनुपर्छ । छानबिन गरेर जो अभियुक्त देखापर्छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ । पूर्वाग्रहरहित भएर छानबिन हुनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार