Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा कोरोनाबाट थप २ जनाको मृत्यु


    शनिबार, भाद्र २० २०७७
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सांकेतिक तस्वीर

    बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।

     भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ः १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए ।

    उनका अनुसार मृतक १५ गते अस्पताल आएका थिए । उनको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थियो । विगत ४ दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा। थापाले जनाए ।

    यस्तै आज ९शनिबार० बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

    उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको डा। थापाले बताए । शुक्रबार रातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार