Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • परराष्ट्रमन्त्री साउँद आज बंगलादेश जाँदै


    बिहिबार, बैशाख २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौँ इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन् । बुधवार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउँद उक्त सम्मेलनमा भाग लिनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन ।

    हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मूल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।

    भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिवारसम्म जारी रहनेछ । चार्ल्स तृतीयाको राज्याभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार