खोटाङ । राजनीति सेवा हो, ब्यवसाय होइन । तर अहिले राजनीतिलाई सेवा नभएर कमाउने माध्यम बनाउनेहरुको बाहुल्य छ । तर राजनीति सेवा हो, जीवीकोपार्जनका लागि अन्य पेशा गर्नुपर्छ भन्ने उदाहारण बनेका छन्, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाल ।
वडाध्यक्ष ढकालले बाख्रा पालन ब्यवसाय गरेका छन् । उनी आफ्नो ब्यवसायबाट केही समय फुर्सद निकालेर जनताका काम गर्छन् । वडाध्यक्ष ढकाल आफैंले सञ्चालन गरेको बाख्रा फार्ममा पालिएका बाख्राको सेवामै तल्लीन हुने गरेका छन् ।
तस्वीरः केदार मगर÷रासस