Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मन्त्रिमण्डल तत्काल पुनर्गठन नहुने, अर्थमन्त्रालयको जिम्मा ज्ञवालीलाई  !


    शुक्रबार, भाद्र १९ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले राजीनामा दिइसकेपछि अर्थमन्त्रालयको जिम्मा कसले पाउँदैछन् भन्ने कौतुहलता सर्वत्र छ । अर्थमन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले राखेर संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिने संभावना रहेको बालुवाटार स्रोत बताउँछ । अर्थमन्त्रालय ज्ञवालीलाई दिएर संचार प्रधानमन्त्री आफैंले राख्ने संभावना पनि रहेको स्रोतले बताएको छ ।

    संचार प्रधानमन्त्री आफैंले राखेर परराष्ट्र मन्त्री ज्ञवाली वा पर्यटन मन्त्री योगेश भट्टराईमध्येबाट एकजनालाई सरकारको प्रवक्ता राख्ने विकल्पमा पनि प्रधानमन्त्री जानसक्ने बताइएको छ ।

    प्र्रधानमन्त्री ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नगर्ने जनाउ दिइसकेकाले अर्थ वा संचार एउटा मन्त्रालय आफैं राखेर एक मन्त्रालयको जिम्मा ज्ञवालीलाई दिन सक्ने संभावना छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार