Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • पत्रकारको भेषमा प्रहरीलाई ढुं‌गा हान्‍ने अनिश महर्जन पक्राउ


    शुक्रबार, भाद्र १९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा पुल्चोकमा ट्राफिक प्रहरीलाई घेरेर कुट्ने र ढुंगा हान्नेहरु धमाधम पक्राउ परेका छन् । यो क्रममा पत्रकारको ज्याकेट लगाइ क्यामेरा हातमा लिइ प्रहरीमाथि ढुंगा हान्ने युवकलाई समेत पक्राउ गरेको छ । 

    पत्रकारको आवरणमा प्रहरीमाथि ढुंगा बर्साउने महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । 

    पत्रकारको ज्याकेट लगाएपनि उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको प्रहरीले जनाएको छ । 

    प्रहरीले शुक्रबार साँझसम्ममा घटना संलग्न १३ जनालाई पक्राउ गरिसकेको जनाएको छ । 

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार