Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यसकारण मुटुरोगीले खानु हुँदैन रातो मासु


    शुक्रबार, भाद्र १९ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिड्नी । अस्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अस्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । 

    प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् । त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ । 

    अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भने, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पु¥याउने देखिएको छ ।” एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार