Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रेलियामा भेटियो ३५० केजीको विशाल गोही


    शुक्रबार, भाद्र १९ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डार्बिन । अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५० केजी तौलको रहेको बताएका छन् । 

    क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए । यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो रहेको उनले बताएका छन् । 

    तीन वर्षअघि पनि यसै क्षेत्रमा १५।५ फिटको ठूलो गोही फेला परेको थियो । 

    अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ । 

    पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ । एपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार