Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डडेल्धुरामा अब एक घण्टामै कोरोना परीक्षण


    शुक्रबार, भाद्र १९ २०७७
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुरा अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा अब एक घण्टामै कोरोना परीक्षण हुने भएको छ। ल्याबमा ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट आउने भएको हो ।

    कुनै मृतकको अथवा गम्भीर घाइते भएका बिरामीको कोरोना परीक्षण गर्नुपरे उक्त विधि प्रयोग गरिने प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

    ‘यो सुविधा सुदूरपश्चिममा अन्त कतै छैन्। हामी स्वाब नमूना पुगेको एक घण्टामै रिपोर्ट दिन सक्छौं,’ प्रयोगशाला इन्चार्ज भुसालले भने ।

    सो मेसिनबाट हालसम्म मृतक र गम्भीर बिरामी गरी ७ जनाको परीक्षण भएको उनले बताए । डडेल्धुरा अस्पतालले सो सुविधा सुरू गरे पश्चात मृतकका आफन्तलाई अन्तिम संस्कार गर्न तथा गम्भीर बिरामीको शल्यक्रिया गर्न चिकित्सकलाई सहज हुने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार