काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्था भएका १७७ जनाको देशभरका भेन्टिलेटर र आईसीयूमा उपचार जारी छ । देशभर कोरोना संक्रमित २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ। यस्तै प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यस्तै देशभर १५१ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। शुक्रबारमात्र नयाँ १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।