काठमाडौं । हत्या अभियोगमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)लाई जेल चलानको आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
कल्पना यसअघि राजधानीको गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी उनको शरीर र टाउको छुट्टाछु्ट्टै स्थानमा फ्यालेको अभियोगमा पक्राउ परेकी थिइन् ।
न्यायाधीश विनाेदकुमार पाेखरेलकाे इजलासले यस्ताे आदेश गरेकाे हाे। अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश गरेकाे छ।
काठमाडौं जिल्ला अदालतका अनुसार कल्पनालाई केन्द्रीय कारागार र उनकी छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले बिहीबार आदेश दिएको थियाे। आदेश शुक्रबार मात्र तयार भएर पठाइएकाे छ।