काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ५४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं काठमाडौंमा ३ सय ८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।