Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज विहानै रुपन्देहीमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु


    शुक्रबार, भाद्र १९ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज  विहानै रुपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    मृतकमध्ये दुई जनाको बुटवलमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको हो ।

    बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् सिद्धार्थनगर नगरपालिका–७ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो ।

    उनी भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन। उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई भदौ १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

    स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको हो ।

    त्यसैगरी सिद्धार्थनगर–८ का ४५ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ। कोरोना संक्रमित उनी मिर्गौलाका बिरामी थिए । भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको हो ।

    त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको पनि शुक्रबार बिहान मृत्यु भएको छ। बुटवल–८ मिलन चोक निवासी उनी ९ दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत् थिए। उच्च रक्तचापको समेत समस्या रहेका उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार