Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •   दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न आयोगको आग्रह


    बिहिबार, चैत्र १३ २०७६
    960
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १३ चैत । दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ।

     बिहीबार विज्ञप्ति निकालेर स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुका आपूर्ति व्यवस्थित गर्न आग्रह गरेका हुन्।

    सरकारले घोषणा गरेको लकडाउन उल्लंघन नगर्न पनि आयोगका सचिव वेद भट्टराईले आग्रह गरेका छन्।

    लकडाउनका बेला घरबाहिर आउनेलाई मानवोचित व्यवहारका साथ कानुनबमोजिम कारबाही गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।

    अपांग बालबालिका जेष्ठ नागरिक महिला तथा अतिविपन्नहरूको लागि दैनिक उपभोग्य सामग्री अभाव हुन नदिन सरकारको ध्यानाकर्षण पनि आयोगले विज्ञप्तिबाट गरेको हो।

    उपचार कार्यमा अहोरात्र खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका परिवारका लागि आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरी विशेष व्यवस्थासमेत गर्न आयोगले सरकारलाई आग्रह गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार