Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्चपदस्थ कर्मचारीलाई कोरोना संक्रमणः भौतिक सचिव कार्की र जुम्लाका सीडीओ आइसोलेसनमा


    शुक्रबार, भाद्र १९ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • देवेन्द्र कार्की र भूपेन्द्र थापा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे कोरोना निको भएलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की संक्रमित भएका छन् ।

    कार्की होम आइसोलेसनमै बसेर उपचार गरिरहेका छन् । उनलाई तीन–चार दिन अघि सङ्क्रमण कोरोना संक्रमण भएको हो । 
    यसैबीच, जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार सीडीओ थापासहित ६ जनामा कोरोना संक्रमण देखिएको हो । सीडीओ थापाले आफूलाई कोरोना संक्रमण भएकोबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

    उनले सामाजिक संजालमै आफूलाई कोरोना संक्रमण भएको उल्लेख गर्दै लेखेका छन्– जीवनको सुरक्षा गर्ने क्रममा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कतव्र्य पालनाको सिलसिलामा कोरोना युद्धमा अहोरात्र खटिँदा कोरोना संक्रमित हुन पुगेको छु । 

    उनी बिहीबारबाटै आइसोलेशनमा बसेको बताइएको छ । यसअघि पर्यटन मन्त्रालयका एक उपसचिवलाई पनि कोरोना संक्रमण पुष्टि भई उनी उपचाररत छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार